Ipo.aspx merolagani - ट्रेड टावरको आईपीओ बाँडफाँट

ट्रेड टावरको आईपीओ बाँडफाँट

Jun 15, 2025 09:57 AM Merolagani

असार १ गते, आइतबार, ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। हाेटल क्रिष्टल, गाैशाला, काठमाडाैँमा कम्पनीकाे आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ५.१९ कित्तामध्ये ५ जनालाई १–१ कित्ताका दरले र एक जनालाई ०.१९ कित्ता बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

comments powered by Disqus

‘लक इन पिरियड’ खुल्न लागेका हाइड्रोपावरमा संस्थापक लगानी गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, कुन हाइड्रोपावरमा कसको लगानी कति ?

Jun 12, 2025 06:23 AM

बाबुकृष्ण महर्जन

पछिल्लो केही कारोबार दिनदेखि हाइड्रोपावरका कम्पनीको शेयर मूल्य बढिरहेको छ। नेप्से घट्दा होस् या बढ्दा, हाइड्रोपावर समूह भने बढ्दो लयमा देखिएको छ ।