Ipo.aspx merolagani - स्वस्तिक लघुवित्तलाई आइपिओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति, चालु वर्ष अनुमति पाउने १२औँ संस्था

स्वस्तिक लघुवित्तलाई आइपिओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति, चालु वर्ष अनुमति पाउने १२औँ संस्था

Jun 19, 2025 05:50 PM merolagani

नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राथमिक निष्कासन गर्न अनुमति दिएको छ।  बोर्डले बिहीबार निष्कासन अनुमति दिएको हो।

स्वस्तिकले निष्कासन अनुमति पाए सँगै चालु वर्ष निष्कासन अनुमति पाउने कम्पनी १२ पुगेका छन्। यो हप्ता मात्रै दुई कम्पनीले निष्कासन अनुमति पाए। गएको महिना गत महिना पनि दुई कम्पनीले मात्रै निष्कासन अनुमति पाएका थिए। अनुमति दिने रफ्तार भने निक्कै सुस्त छ। जबकि आर्थिक वर्ष २०७९/८० मा ४२ कम्पनीले प्राथमिक शेयर निष्कासन अनुमति पाएका थिए। चालु आर्थिक वर्ष समाप्त हुन अब करिब एक महिना मात्रै रहेकाे अवस्थामा धेरैमा १५ कम्पनीले मात्रै निष्कासन अनुमति पाउने सम्भावना छ। जुन निकै न्यून हो।  

बोर्डका अनुसार स्वस्तिकले कुल दुई करोड ३१ लाख रुपैयाँ बराबरको दुई लाख ३१ हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्न अनुमति प्रदान गरिएको हो। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरमा प्राथमिक निष्कासन गर्नेछ। उक्त निष्कासनका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धकको काम गर्ने छ। 

 

comments powered by Disqus