Ipo.aspx merolagani - गैरआवासीय नेपालीलाई संरक्षित धितोपत्र निष्कासनमा थप सहजीकरण हुने

गैरआवासीय नेपालीलाई संरक्षित धितोपत्र निष्कासनमा थप सहजीकरण हुने

Jun 19, 2025 06:12 PM mero lagani

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरुबाट पूँजी बजारको साथै संगठित रुपमा साना तथा मझौला लगानीलाई नेपालमा भित्र्याउने उद्देश्यले स्थापित एनआरएन नेपाल डेभलप्मेन्ट फण्डलाई व्यापकरुपमा विस्तार गर्ने भएको छ ।

संघका अध्यक्ष बद्री केसीले जारी गरेको विज्ञप्तिमा २०८१ मंसिर ६ गते धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ लाई नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरी शेयर आवेदन सम्बन्धी व्यवस्था गरेको र नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकाबाट थप सहजीकरण गरेबाट गैरआवासीय नेपालीहरु अत्यन्त उत्साहित भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नयाँ व्यवस्थाबाट विश्वभरिका गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी हुन तथा आफ्नो ज्ञान, सीप र पूँजी नेपालमा भित्र्याउन सहज वातावरण निर्माण भएको उल्लेख गर्दै फण्डलाई व्यापक रुपमा विस्तारका लागि हामी केही समयमै रोडशो आयोजना गरी पूँजी संकलन कार्य अघि बढाउने प्रतिबद्धता जनाइएको छ । धितोपत्र बोर्डबाट धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको दफा ९ लाई फण्डले माग गरेअनुसार सुधार गरी गैरआवासीय नेपालीलाई संरक्षित धितोपत्र निष्कासनमा थप सहजीकरण हुने विश्वास लिएकाे उल्लेख छ ।

comments powered by Disqus