Ipo.aspx merolagani - साउन १ गतेदेखि ८ प्रकारका बिरामीले स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार निःशुल्क पाउने

साउन १ गतेदेखि ८ प्रकारका बिरामीले स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार निःशुल्क पाउने

Jul 09, 2025 12:28 PM merolagani

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पहलमा क्यान्सरसहित ८ प्रकारका बिरामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत आगामी आवदेखि २ लाखसम्मको उपचार निशुल्क पाउने भएको छन् ।

मन्त्री पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘स्वास्थ्य बीमा कार्यक्रमको अर्को नयाँ पाइलका रुपमा कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं ।’

उनका अनुसार, अब क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन्।

उनले आम नागरिकको स्वास्थ्यमा पहुँच अभिवृद्धिका लागि सरकार प्रतिवद्ध भएको बताएका छन् ।

‘स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौँ । तपाईंको रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया सदैव स्वागत गर्दछौं,’ उनले लेखेका छन् ।

comments powered by Disqus

सागर ढकाल रास्वपाको लागि ‘तातो पिँडालु’ बन्दै, रुपन्देहीमा ‘स्वर्णिम वाग्ले’ नभेटिएपछि ‘मिलन लिम्बु’को खोजी

Jul 06, 2025 02:20 PM

कात्तिक १७ गते रूपन्देही क्षेत्र नं. ३ मा रिक्त प्रतिनिधिसभा सदस्यको लागि उपनिर्वाचन हुने भएपछि राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरुमा चुनावी रौनक शुरु भएको छ ।