Ipo.aspx merolagani - खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Jul 10, 2025 06:18 AM Merolagani

असार २६ गते बिहीबार, खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) को हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात असार २७ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।