Ipo.aspx merolagani - विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँट

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँट

Jul 13, 2025 11:44 AM Merolagani

असार २९ गते, आईतबार विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको २९ लाख ४२ हजार ७६० कित्ता शेयर गत असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

सो शेयरमा कुल २१ लाख ५० हजार ६७२ जनाले २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २० लाख ४३ हजार ६८६ आवेदन स्वीकृत भएको छन् भने १२ हजार ५२१ आवेदन रद्द भएका छन्। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। स्वीकृत आवेदनमध्ये २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले कम्पनीकाे शेयर प्राप्त गरेका छन्।

comments powered by Disqus

आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।