Ipo.aspx merolagani - कर तिर्न पनि सेवाग्राहीलाई छैन सहज, अनलाइन सेवाका नाममा बढ्दो सास्ती

कर तिर्न पनि सेवाग्राहीलाई छैन सहज, अनलाइन सेवाका नाममा बढ्दो सास्ती

Jul 13, 2025 03:42 PM merolagani

हरिप्रसाद शर्मा

आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त नजिकिँएसँगै कम्पनी रजिष्टारको कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ । 

आम सर्वसाधारणले कम्पनी दर्ता गरेर सोबापतको राजश्व असार मसान्तअगावै बुझाउन सेवाग्राही कम्पनी रजिष्टारको कार्यालयमा पुग्ने क्रम बढ्दो छ ।

सेवाग्राहीको बाक्लो उपस्थिति देखिए पनि कम्पनी रजिष्टारको केन्द्रीय कार्यालयको सेवा प्रवाह भने सुस्त बन्दा सेवाग्राही मर्कामा परेका छन् । अझ कार्यालयले सेवा छिटो छरितो रुपमा प्रदान गर्ने भनेर अनलाइन प्रणाली कार्यान्वयनमा ल्याए पनि सेवा प्रवाह चुस्त हुन भने सकेको छैन् ।

पछिल्ला दिनमा कम्पनीको कार्यालयमा हजारौं सेवाग्राही पुग्ने गरे पनि अधिकांश सेवाग्राहीको काम नै हुँदैन् । अनलाइन प्रणालीमा आर्थिक विवरणहरु हालेर सहज पार्न खोजिए पनि यसले सेवाग्राहीलाई उल्टो सास्ती दिएको छ ।

अनलाइन प्रणालीमार्फत आर्थिक वर्षभरका कम्पनीका विवरणहरु भरेपछि कम्पनीको कार्यालयका विभिन्न शाखा र कम्प्युटर अपरेटरकोमा सदरका लागि जाने गरेको छ । एउटै कम्पनीको एक वर्षको आय विवरणको कार्यालयका विभिन्न कर्मचारीको कम्प्युटरमा सदरका लागि जाने गरेको छ ।

अनलाइन फर्म भरेर कम्पनी अद्यावधिक गर्न भने कार्यालयमै आउनुपर्ने बाध्यता अहिलेसम्म हट्न सकेको छैन् । यदि प्रालिमा दर्ता भएको कुनै कम्पनीको गत आवको कम्पनी अद्यावधिक लिन कार्यालयका तीनवटा कम्युटर अपरेटर वा कार्यालयका कर्मचारीले सदर गर्नुपर्दा सेवाग्राही अल्मलिनुपरेको छ ।

एउटा मात्र सदर गराएर हुँदैन् । दोस्रो र तेस्रो कम्पयुटर अपरेटरबाट सदर गराएपछि मात्र राजश्व वा दस्तुर तिर्न पाइन्छ । अनलाइनमै आफ्नो कम्पनीको प्रकृया कहाँ पुग्यो भनेर हेर्न मिल्ने भए पनि सबै सेवाग्राही अनलाइनको पहुँचभन्दा बाहिर हुँदा समस्या आएको छ ।

अनलाइन प्रणालीको नाममा कर्मचारीले सेवा दिन आलटाल गर्ने र सेवाग्राही पनि अलमलिनु पर्ने अवस्था छ । कम्पनी अद्यावधिक गर्न जाने जोकोही पनि छिटो र सजिलो तरिकाले सेवा पाउन सक्ने अवस्था नरहेको कम्पनी रजिष्टारमा सेवा लिन आएका दधिराम पौडेलले बताए । उनका अनुसार, सेवा सुस्त हुँदा सेवाग्राहीको भीड बढेको र असार मसान्तपछि जरिवाना लाग्ने डरका कारण पनि कार्यालयमा सेवाग्राहीको उपस्थिति बढिरहेको छ ।

कतिपय सेवाग्राहीका अनुसार, सेवा लिन जाने जो कोहीसँग कम्पनी रजिष्टारका कर्मचारीले सजिलोसँग काम गर्न मान्दैनन् । सेवाग्राहीसँग झर्किने, कम्पनी दर्ता नम्बर टिप्न लगाउने र पछि, वा भोलि पर्सी आउनुस् भनेर सेवाग्राहीलाई टार्ने गरेका छन् ।

तर, कम्प्युटर अपरेटरहरुले तीन चार दिनसम्म पनि कम्पनी विवरण सदर नगरिदिँदा सेवाग्राहीलाई ठूलो मर्का परेको ठूलो मर्का परेको छ । कतिपय सेवाग्राहीका अनुसार, कम्पनीका कतिपय कर्मचारीहरुले घुस नखाइ काम नै नगर्ने गरेको बताए ।

सेवाग्राहीबाट घुस लिएर छिटो काम गरिदिने ध्याउन्नमा कतिपय कर्मचारीहरु लागिपरेको बुझिन्छ । कम्पनीले असार २८ गते शनिबार(सार्वजनिक बिदाका दिन)मा पनि सेवा दिएको थियो ।

तर, त्यो दिन अधिकांश कर्मचारीहरु कार्यालयमा झ्याल ढोका बन्द गरेर बसेको सेवाग्राहीको गुनासो छ । घुस र कमिसन लिएको सुँइको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयबाट समेत छड्के र निगरानी बढाइएको छ । तर, कम्पनीका कर्मचारीको चुस्त सेवा प्रवाह र व्यवहार भने अझै सुध्रिन सकेको छैन् ।

असार मसान्त लागेकाले सेवाग्राहीको भीड बढेको कम्पनी कार्यालयले जनाएको छ । सीमिति कर्मचारीबाट सेवा प्रवाह भए पनि पछिल्लो पटक एकैदिन ठूलो संख्यामा सेवाग्राहीको भीड लाग्ने गरेको कम्पनीको उप रजिष्टार सुर्यप्रसाद चापागाईँले बताए । अन्तिम समय भएकाले सेवाग्राहीको घुँइचो बढे पनि सीमित कर्मचारीद्धारा सेवा प्रदान गरिएको बताए ।

comments powered by Disqus

आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।