आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरले उक्त बजेट विनियोजन गरेको हो ।
आइतबार बसेको महानगरको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।
२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।