Ipo.aspx merolagani - सांसद भएर पछुताउँदै कंगना, कलाकार र व्यवसायीले राजनीति गर्नु बेकार भएको दावी

सांसद भएर पछुताउँदै कंगना, कलाकार र व्यवसायीले राजनीति गर्नु बेकार भएको दावी

Jul 13, 2025 05:41 PM mero lagani

सांसद मन्त्री हुन व्यवसायीदेखि कलाकारसम्मले मरिहत्ते गर्छन् । नेपालमा मात्र नभएर विश्वभरि नै त्यस्तो प्रवृत्ति देखिएको छ । 

तर, भारतीय सांसद कगंना रणावतको कुरा सुन्दा कलाकार र व्यवसायीले नेता र सांसद हुने ‘रहर गर्नु’ गलत हो । उनले आफू निर्वाचित भएर सांसद भएको एक वर्ष नवित्दै पछुताएको बताएकी छन् ।

गत वर्ष भएको आमचुनावमा सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट हिमान्चल प्रदेशको मण्डी निर्वाचन क्षेत्रबाट चुनाव जितेर सांसद भएकी उनले सांसदको तलवले निर्वाचन क्षेत्र घुम्न पनि नपुग्ने दावी गरिन । ‘इमान्दारिताका साथ काम गर्ने हो भने त सांसद भएर कुक र ड्राइभरले जति बचाउन नसकिदो रहेछ, जीवन कसरी चलाउनु ? त्यसमाथि सांसद भएपछि अरु काम पनि गर्न नसकिने’ उनले एक भारतीय संचारमाध्यमलाई दिएको अन्तरवार्तामा भनेकी छन् ।

 

भारतमा सांसदको मासिक तलब १ लाख २४ हजार भारतीय रुपैयाँ छ । त्यति पैसाले त राजनीति गर्न नसकिने उल्टै आफ्नो पकेटबाट मासिक डेढ, दुई लाखरुपैयाँ खर्च हुने गरेको बताइन् । ‘आफ्नै पेशा, व्यवसाय नगर्ने हो भने राजनीति गर्नु बेकार रहेछ, कलाकार, व्यवसायीले त गलत रहेछ,’ उनले भनेकी छन् ।

comments powered by Disqus

आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।