लचक नीति आउने अपेक्षा अनुसार पछिल्लाे समय बजार निरन्तर बढिरहेकाे छ । आइतबारको बजार २९ अंकले बढेर २२७६०.८० विन्दुमा पुगेको छ । ११ अर्ब ४१ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर बजारको लागि सकारात्मक उर्जा दिने लगानीकर्ताहरुको बुझाई छ । मौद्रिक नीतिका कारण ब्याजदर अझै सस्तो हुने, बैंक तथा वित्तीय संस्थाको व्यवसाय वृद्धि हुने र लघुवित्तको लाभांशमा लाग्दै आएको अंकुश हट्नुका साथै पूँजी वृद्धिको कुरा बजारका लागि महत्वपूर्ण रहेको लगानीकर्ताको भनाइ छ ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि बजार अझ उत्साहित हुने देखिन्छ । यो लचक मौद्रिक नीतिको कार्यान्वयनको सकारात्मक प्रभाव अझै बढ्नेमा लगानीकर्ताहरु विश्वस्त छन् ।