Ipo.aspx merolagani - सरकारी लगानीको भारतीय टेलिकम कम्पनी टाट पल्टियो, ऋण दिने बैंकहरु र शेयर लगानीकर्ता त्रासमा

सरकारी लगानीको भारतीय टेलिकम कम्पनी टाट पल्टियो, ऋण दिने बैंकहरु र शेयर लगानीकर्ता त्रासमा

Jul 16, 2025 03:38 PM mero lagani

भारतको सरकारी दूरसंचार कम्पनी महानगर टेलिफोन निगम (एमटिएनएल) टाट पल्टिएको छ । 

भारत सरकारले संचालन गरिरहेका दुईवटा टेलिकम कम्पनीमध्ये भारत संचार निगम लिमिटेड (विएसएनएल) २ अर्ब ८० करोड नाफामा रहँदा अर्काे सरकारी कम्पनी एमटिएनएल भने ८५ अर्ब ८५ करोड घाटामा गएको छ । कम्पनीले बैंकहरुबाट लिएको ७७ अर्व ९४ करोड ३४ लाख ऋणको मंगलबारसम्मको ब्याज ७ अर्ब ९० करोड ५९ लाख गरि ८५ अर्ब ८५ करोड रुपैँया तिर्न नसक्ने घोषणा गरेको छ । यो कम्पनी सन् १९७९ मा स्थापना गरिएको थियो ।

कम्पनीले मंगलबार उक्त घोषणा गरेसँगै कम्पनीलाई ऋण दिएका ७ वटा बैंकहरु र शेयर लगानीकर्ताहरुमा त्रास फैलिएको छ ।

एमटिएनएलले त्यो ऋण युनियन बैंक अफ इन्डिया, बैंक अफ इण्डिया, स्टेट बैंक अफ इन्डिया, पञ्जाब नेसनल बैंक, युको बैंक, पंजाब एण्ड सिन्ध बैंक र इण्डियन ओभरसिज बैंकबाट लिएको छ । त्यसमध्ये सबैभन्दा धेरै युनियन बैंक अफ इण्डियाको मात्रै ३७ अर्ब ३३ करोड २२ लाख रुपैंया रहेको छ ।

कम्पनीले टाट पल्टिएको घोषणा गरेसँगै ती बैंकहरुको कर्जा कसरी असुली होला भन्ने प्रश्न उठेको छ भने अर्काेतर्फ शेयर लगानीकर्ताहरुबीच खैलाबैला मच्चिएको छ । केही महिना अगाडिसम्म १०२ रुपैयाँसम्म पुगेको उक्त कम्पनीको शेयर मूल्य कम्पनीले टाट पल्टेको घोषणा गरेसँगै ५० रुपैयाँ भन्दा तल झरेको छ ।

comments powered by Disqus

दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।