Ipo.aspx merolagani - अपरेटर पक्राउ पर्दा शेयर बजार उत्साहित, अपरेटरले चलाएका कम्पनीको शेयरमा भने पहिरो, तर केही कम्पनी आजै बौरिन खोजे

अपरेटर पक्राउ पर्दा शेयर बजार उत्साहित, अपरेटरले चलाएका कम्पनीको शेयरमा भने पहिरो, तर केही कम्पनी आजै बौरिन खोजे

Jul 21, 2025 06:38 PM merolagani

दीपेन्द्र अग्रवाल। दोस्रो बजारमा यो नाम निक्कै परिचित छ। केही लगानीकर्ता उनलाई मरिहत्ते गर्छन् भने केही लगानीकर्ता उनलाई देखि सहदैनन्। सकारात्मक र नकारात्मक बीच उनको नाम भने दोस्रो परिचित छ।

दोस्रो बजारमा शेयर कारोबार गर्ने जो कोहिले अग्रवालको नामले नै चिन्ने गर्छन्। उनले बेला बेलामा शेयर बजारमा अनेक फण्डा गर्ने गर्छन्। खासगरि शेयरको मूल्य घटाउन वा बढाउन उनले फण्डा गर्ने गरेका छन्। जस बिषयमा नेपालको शेयर बजारको नियामक निकाय समेत जानकार छ। नियामक निकायले पनि निगरानीमा राखेका कारोबारीमा अग्रवाल पर्छन्।  

सोमबार तिनै अग्रवाललाई प्रहरीले पक्राउ गर्यो। नेपाल प्रहरीको टोलीले काठमाडाैंकाे टोखाबाट उनलाई प्रकाउ गरेको बताएको छ। अग्रवाललाई ठगी गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको जनाएको छ।  

अग्रवाल प्रकाउ परेको समाचारलाई संचार माध्यमले प्राथमिकता साथ प्रकाशित गरे। जुन खबरले एकै छिन शेयर बजार कता लाग्ने भन्ने अन्योलमा देखियो। सोमबार कारोबार सुरु भए देखि नै कहिले रातो र कहिले हरियो भइरहेको शेयर बजारको कारोबार मापक सूचक अग्रवाल पक्राउ परेको खबर सार्वजनिक हुने बित्तिकै थोरै समयको लागि रातो हुन पुग्यो। अग्रवालले खेलिरहेको कम्पनीको शेयरमा भटा भट सेल आउन थाल्यो। जसले गर्दा कम्पनीको शेयर मूल्य नकारात्मक सर्किट सहित घट्न पुगे।

तर जति जति खबर फैलिदै गयो त्यति त्यति नै बजार भने उकालो उन्मुख देखिन थाल्यो। अर्थात बजारका नामुद अपरेटर प्रकाउ पर्दा सूचकले नकारात्मक प्रतिक्रिया दिएन। अग्रवाल पक्राउ पर्नुले शेयर बजारमा प्रेसर पारेन बरु उत्साहित नै देखियो। जसले गर्दा अग्रवाल पक्राउ पर्नुलाई शेयर बजारले खासै ठूलो महत्व दिएन। जबकि अग्रवालले भने आफूलाई केही भए बजार नै धरासायी हुनेसम्मका अभिव्यक्ति दिने गर्थे।

अग्रवाल प्रकाउ परेको खबरले उनीले अपरेट गरिरहेका कम्पनीको शेयर मूल्यमा भने भरि उतार चढाव देखियो। जसमा सबैभन्दा पहिले कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर मध्ये केही नकारात्मक सर्किट मै सोमबार बन्द भए भने ती मध्ये केही कम्पनी भने थोरै बौरिन खोजेका थिए। जसमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक नकारात्मक सर्किट मै बन्द भएका हुन् भने सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपार भने बोरिन खोजेका थिए। यद्यपि अग्रवा प्रकाउको समाचारले उनले अपरेट गर्ने सबै कम्पनीका मूल्य घटेरै बन्द भए।

अग्रवालले ती कम्पनी अपरेट गर्ने हुन् वा होइनन् त्यो कतैबाट यकिन भने हुन सक्दैन। तर दोस्रो बजारमा भने ती कम्पनीको पछि अग्रवाल हात धोएर लागेको आरोप लाग्ने गरेको छ। ही कारण ती कम्पनीका शेयरधनीले सोमबार अनाहकमा सम्पत्ति गुमाउनु पर्यो। ती कम्पनीमा अग्रवालको मात्रै शेयर भएर ति कम्पनी खडा भएका होइनन्। तर शेयर मूल्य तय गराउने जिम्मा भने अअग्रवालको नै भए जस्तै गरि लगानीकर्ता भने निक्कै डराए। जसका कारण उनीहरुले जे जति मूल्य आउँछ त्यतिमा नै शेयर बेचेर बाहिरिए। तर अग्रवाल प्रकाउको खबरले अत्तालिएका लगानीकर्ताको शेयर १० प्रतिशत घटीमा अरुले नै हत्याउन सफल भए। आउने दिनमा शेयर मूल्य लगतार घट्दै गए उनीहरु बाहिरिनु सहि साबित हुने छ भने सोमबार नै बौरिन खोजेका कम्पनी जस्तै आउने कारोबार दिन ति शेयर बौरिए लगानीकर्तालाई ठूलो धोका हुने छ।

comments powered by Disqus

दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।