Ipo.aspx merolagani - क्रिप्टोकरेन्सी CoinDCX मा साइबर आक्रमण गरेर ४४ करोड डलर चोरी

क्रिप्टोकरेन्सी CoinDCX मा साइबर आक्रमण गरेर ४४ करोड डलर चोरी

Jul 21, 2025 02:55 PM mero lagani

क्रिप्टोकरेन्सीको इतिहासमै सबैभन्दा ठूलो ठगी भएको छ । तर, यो ठगी कसले गर्यो भन्नेबारेमा तीन दिनसम्म पनि पत्ता लाग्न सकेको छैन । 

संचारमाध्यमहरुका अनुसार भारतीय समय अनुसार गत शनिबार विहान ४ बजे भारतको क्रिप्टो करेन्सी एजेन्सी CoinDCX  मा साइबर हमला गरेर ४४ करोड डलर बराबरको भारतीय रुपैयाँ ३ अर्ब ७८ करोड चोरी गरिएको हो ।

शनिबार जुलाई १९ मा भएको साइबर ठगीको बारेमा CoinDCX का सहसंस्थापक नीरज खण्डेलवालले आइतबार दिउँसो सामाजिक संजालमार्फत सार्वजनिक जानकारी दिएपछि विश्वभर खैलाबैला मच्चिएको छ । खण्डेलवालाले CoinDCX को खाता हयाक गरि उक्त रकम बराबरको क्रिप्टो करेन्सी चोरी भएको र चोर पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् । साथै उनले उक्त चोरीबाट पीडित भएकाहरुलाई क्षतिपूर्ती दिनको लागि प्रयास गरिने बताइएका छन् । उनका अनुसार यो चोरीबाट केवल भारतीय नागरिकहरु मात्र होइन, विश्वभरकै क्रिप्टो कारोबारीहरु पीडित भएको खण्डेलवालको भनाइ छ ।

साथै ‘सिस्टम ह्याक’ गरेर यति ठूलो मात्रामा चोरी भएको यो पहिलो घटना भएको बताइएको छ । उक्त घटनापछि पनि क्रिप्टोको कारोबार भने नियमितरुपमा भइरहेको बताइएको छ ।

comments powered by Disqus

दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।