Ipo.aspx merolagani - बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो

बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो

Jul 23, 2025 11:24 AM Merolagani

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । जसमध्ये २५ जना बालबालिका रहेका छन् । अन्य दुई पीडितहरूमा विमानका पाइलट र एक महिला स्कूल शिक्षिका समावेश छन् ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकारका स्वास्थ्य तथा परिवार कल्याणका लागि विशेष सहायक मोहम्मद सयदुर रहमानले कम्तिमा ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए । तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको सयदुरले बताए ।

 

सरकारले उक्त दुखद घटनाको प्रतिक्रियामा मंगलवार एक दिने राष्ट्रिय शोक मनाएको छ । अन्तर सेवा जनसम्पर्क निर्देशनालयकाअनुसार नियमित प्रशिक्षण उडानमा संलग्न बंगलादेश वायुसेना विमान एकेबाट उडेको थियो । सोमवार स्थानीय समयअनुसार दिउँसो १ः०६ बजे ढाकाको कुर्मितोलामा रहेको खान्डाकर एयर बेसबाट विमान छुटेको थियो । त्यसको केही समयपछि नै दुई तले विद्यालय भवनमा ठोक्किएको थियो ।

comments powered by Disqus

दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।