Ipo.aspx merolagani - प्रतिरोध क्षेत्रमा समता घरेलु लघुवित्त, हेरौँ कम्पनी विश्लेषण

प्रतिरोध क्षेत्रमा समता घरेलु लघुवित्त, हेरौँ कम्पनी विश्लेषण

Jul 26, 2025 06:28 PM Merolagani

यस साता लघुवित्त उपसमूहको परिसूचक ५.०४ प्रतिशत बढेको छ। गत साता ५३४१.०३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २६९.०३ अंक बढेर ५६१०.०६ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA)।

लघुवित्तको शेयरमूल्य यस साता ५२ रुपैयाँ ८४ पैसा बढेको छ। गत साता ९८६ रुपैयाँ रहेको यस लघुवित्तको अन्तिम शेयरमूल्य, यस साता १ हजार ३८ रुपैयाँ ८४ पैसा रहेको छ।

 

प्रतिरोध क्षेत्रमा

यस साता लघुवित्तको शेयरमूल्य बढेर प्रतिरोध क्षेत्रमा पुगेको छ। हाल लघुवित्तको प्रतिरोध क्षेत्र १ हजार २० देखि १ हजार ८० सम्म रहेको छ। आगामी दिन लघुवित्तको शेयरमूल्य ओरालो लागेमा ९०० देखि ९४० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा लघुवित्तको शेयरमूल्यले लामो पुच्छर र छोटो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि लघुवित्तको शेयरमूल्यले बुलिश मैनबत्ती नै बनाएको थियो। यसले सो साता र सो दिन लघुवित्तको शेयरमूल्यमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले असार १९ गते लघुवित्तको शेयरमा बाइ सिग्नल दिएको थियो। सो दिन एआईले ७८५ रुपैयाँमा बाइ सिग्नल दिएको थियो। सो मूल्यमा खरिद गरेका लगानीकर्ताहरुले हालसम्म ३२.४८ प्रतिशत नाफा कमाइसकेका छन्।

बलियो भोल्यूम

यस साता लघुवित्तको शेयरमूल्यसँगै भोल्यूम पनि बलियो रहेको छ। यस साता लघुवित्तको दैनिक औषतमा ५५ हजार २५२ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको २० दिने औषत भोल्यूम २९ हजार ८ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा लघुवित्तको गत साताको दैनिक औषत भोल्यूम ९०.४७ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता लघुवित्तको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुबै रेखाबीचको दूरी फराकिलो बन्दै गइरहेको छ। यसका साथै यी दुबै रेखा र हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले यस साता लघुवित्तको शेयर बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदचाप बढी

यस साता लघुवित्तको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले सो साता लघुवित्तको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

लघुवित्तले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.०४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ७ हजार रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.७२ प्रतिशत र कुल सञ्चालन आम्दानी ४६.६६ प्रतिशत बढेको छ। लघुवित्तले गत चैत मसान्तसम्ममा २ करोड ४८ करोड रुपैयाँ इम्पेरमेन्ट चार्ज छुट्याएको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

तेस्रो त्रैमाससम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ३७ लाख रुपैयाँ छ।

६२ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५४ पैसा रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २ रुपैयाँ १९ पैसा रहेको छ। त्यस्तै, लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४६ पैसा रहेको छ। साताको अन्तिम मूल्य अनुसार लघुवित्तको मूल्य आम्दानी अनुपात १८७.७३ गुणा र प्राइस टु बुकभ्यालु रेशियो ८.२२ गुणा रहेको छ।

आधारभूत विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल लघुवित्तको ६२ लाख ९० हजार ५१५.७० कित्ता शेयर सूचीकृत छ। लघुवित्तको १८० दिने औषत मूल्य ८३४ रुपैयाँ ८९ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको ५२ हप्ताको उच्च मूल्य १ हजार २१३ रुपैयाँ रहेको छ भने न्यून मूल्य ७३४ रुपैयाँ १० पैसा रहेको छ। साताको अन्तिम मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण ६ अर्ब ५४ करोड २१ लाख ३६ हजार ३२८ रुपैयाँ रहेको छ।

ब्रोकर ४८ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ४८ ले लघुवित्तको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता लघुवित्तको १ लाख ७८ हजार ४३९ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, सोही ब्रोकरले यस साता लघुवित्तको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता लघुवित्तको १ लाख २६ हजार १४९ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा लघुवित्तको शेयर अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु लघुवित्तको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।