Ipo.aspx merolagani - गत साता करिब ४ प्रतिशत बढेको नेप्से, यस साता के होला?

गत साता करिब ४ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jul 27, 2025 06:36 AM Merolagani

गत साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २८७०.६३ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.९० प्रतिशत अर्थात ११२.०१ अंक बढेर २९८२.६४ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये पाँचै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

 

प्रतिरोध क्षेत्र नजिक नेप्से

गत साता नेप्से परिसूचक बढेसँगै प्रतिरोध क्षेत्र नजिक पुगेको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र ३००० देखि ३०५० सम्म रहेको छ। आगामी दिनमा नेप्से परिसूचकले सो प्रतिरोध क्षेत्रलाई तोडेर उकालो लागेमा ३१८० देखि ३२३० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी झरेमा २७५० देखि २८०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा नेप्सेले गत साता बुलिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले सो दिन लगानीकर्ताहरु अन्यौलमा रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १९ अर्ब १९ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ११ अर्ब ८५ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ६१.९४ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। र यी दुई बीचको दूरी फराकिलो हुनुका साथै यी दुबै रेखाहरु सकारात्मक क्षेत्रमा रहेका छन्। त्यस्तै, नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनमा पुगेको छ। यसले गत साता बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।