Ipo.aspx merolagani - वाणिज्य बैंकको शेयर १०% सम्म ‘भोलाटायल’, किन यति धेरै उतार चढाव ? यसले के सङ्केत गरिरहेको छ ?

वाणिज्य बैंकको शेयर १०% सम्म ‘भोलाटायल’, किन यति धेरै उतार चढाव ? यसले के सङ्केत गरिरहेको छ ?

Aug 05, 2025 06:12 AM Merolagani

सुवास निरौला

सोमबार दोस्रो बजार सुरुवाती चरणमा बढ्न खोज्यो। यही क्रममा दोस्रो बजारमा सूचीकृत वाणिज्य बैंकका शेयर उचालिए। तर सुरुवाती चरणको वृद्धि टिकाउ हुन सकेन। तब शेयर बजार खुम्चिन थाल्यो। वाणिज्य बैंकको शेयर मूल्य खस्किएकै कारण शेयर बजार घट्न पुगेको थियो।

सोमबार वाणिज्य बैंकमा सबैभन्दा बढी भोलाटायल हुने कम्पनी स्टान्डर्ड चार्टर्ड र एनएमबि बैंक हुन्। उनीहरूको शेयर मूल्यमा सोमबार मात्रै १०.५० प्रतिशतको भोलाटायल देखियो। सोमबार मात्रै स्टान्डर्ड चार्टर्डको शेयर मूल्य ७०१ रुपैयाँसम्म उक्लियो भने ६३४.४० रुपैयाँसम्म तल ओर्लियो। तर अन्तिममा भने ६५७.७४ रुपैयाँमा बन्द भयो। त्यसैगरि एनएमबि बैंकको शेयर मूल्य २८३ रुपैयाँसम्म उक्लियो भने २५६.१० सम्म ओर्लियो। अन्तिममा भने २६३.१९मा बन्द भयो।

दोस्रो बजारमा वाणिज्य बैंक र विशाल बजार कम्पनीको मूल्यमा जसरी भोलाटायल देखियो। त्यसैगरि दोस्रो बजारको कारोबार मापक सूचकमा पनि उतार चढाव देखियो। यसरी वाणिज्य बैंकको शेयर मूल्यमा असाध्यै धेरै भोलाटायल देखिएको सोमबार पहिलो पटक भने होइन। यसरी वाणिज्य बैंकको शेयर मौद्रिक नीति यता निक्कै भोलाटायल देखिन थालेको छ। समग्र औसतमा हेर्दा वाणिज्य बैंकको शेयरमा हुने भोलाटायल बढ्दो क्रममा देखिएको छ। मेरो लगानीले गएको तीन कारोबार दिनलाई दाँजेर हेर्दा क्रमिक रुपमा भोलाटायल हुने क्रम बढ्दो छ।

तल फोटोमा हेर्नुहोस्

केही दिन अघि समग्र वाणिज्य बैंकको शेयरको औसत भोलाटायल प्रतिशत २.८८ प्रतिशत मात्रै रहेको थियो। आइतबार त्यो बढेर ३.२७ प्रतिशतमा उक्लियो भने सोमबार थप बढेर ४.७१ प्रतिशतमा उक्लियो। जसरी वाणिज्य बैंकको शेयरमा भोलाटायल हुने क्रम बढ्दो छ। त्यसले दोस्रो बजारमा वाणिज्य बैंकको शेयर माथि उक्लिन सक्दो प्रयास गरिरहेको जानकारहरूले बताएका छन्। “मौद्रिक नीति पछि दोस्रो बजारमा अप्रत्याशित रुपमा वाणिज्य बैंकको शेयरमा आकर्षण बढेको छ। मौद्रिक नीतिमा पूँजीकोस दबाबमा रहेका बैंक वित्तीय संस्थालाई हकप्रद निष्कासन दिने कुरा आयो। त्यस पछि वाणिज्य बैंकहरुले हकप्रद निष्कासन गर्ने आकलन गर्दै लगानीकर्ताले वाणिज्य बैंकको शेयर किनिरहेका छन्। तर वाणिज्य बैंक हाइ क्याप कम्पनी र लामो समयसम्म मूल्य बढ्न नसकेका कम्पनीमा पर्ने गरेका छन्। त्यसले गर्दा लगानीकर्ताहरूले वाणिज्य बैंकको शेयर मूल्य उत्पातै बढ्छ भन्नेमा पूर्ण विश्वस्त पनि हुन सकिरहेका छैनन्। जसले गर्दा एकै छिनमा मूल्य बढेर माथि पुग्ने र फेरि एकै छिनमा मूल्य तल ओर्लने क्रम बढिरहेको छ। अझै आइतबार वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकले हकप्रद निष्कासन गर्ने दिने समाचार आएपछि त्यो क्रम सोमबार थप बढ्यो,” एक ब्रोकर कम्पनीका सञ्चालकले भने।

जसरी अहिले वाणिज्य बैंकको शेयर मूल्यले पिङ खेल्ने क्रम बढिरहेको छ। त्यसले भने आउने दिनमा वाणिज्य बैंकको शेयर मूल्य माथि जान खोजिरहेको रुपमा अर्का ब्रोकरले विश्लेषण सुनाए। “वाणिज्य बैंकहरु हाइ क्याप भएकोले तुरुन्तै मूल्य बढ्न नसकिरहेको मात्रै हो। तर जसरी बजारमा उनीहरूको मूल्यमा उतारचढाव देखिन थालेको छ। त्यसले भने वाणिज्य बैंकहरुको शेयर मूल्य माथि नै जाने सङ्केतको रुपमा हेर्नु पर्छ। सर्ट टर्म ट्रेडरहरुको शेयर सकिएपछि कम्पनीको मूल्य माथि नै जान्छ। अहिले स्मार्ट मनिले वाणिज्य बैंकका ट्रेडरको शेयर सस्तोमा उठाइरहेका छन्। जब सर्ट टर्म ट्रेडरले प्रफिट बुक गरिसक्छन् तब उनीहरूले पुनः आफूले बिक्री गरेको मूल्य भन्दा माथि गएर ट्रेड गर्न बाध्य स्मार्ट मनिले गराउने अनुमान गर्न सकिन्छ,” अर्का ब्रोकरले भने।

तर बजारमा अत्यधिक भोलाटायल हुने स्टकमा ट्रेड गर्नु सबैभन्दा जोखिम मानिन्छ। जति धेरै स्टकको मूल्य भोलाटायल हुन्छ। त्यति नै धेरै ट्रेडमा कमाउने र गुमाउने जोखिम बराबरी हुने गर्छ। त्यस कारण भविष्यमा वाणिज्य बैंकको शेयर माथि नै जाने अनुमान आए पनि अहिले शेयर बिक्री गर्नको लागि शेयरलाई भोलाटायल नगराएको भन्ने अवस्था भने छैन।     

comments powered by Disqus

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।