Ipo.aspx merolagani - माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM Merolagani

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९९.९१ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।

११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।