Ipo.aspx merolagani - ९ रुपैयाँ बढ्यो समता घरेलु लघुवित्तको प्रतिशेयर आम्दानी, नाफा कति?

९ रुपैयाँ बढ्यो समता घरेलु लघुवित्तको प्रतिशेयर आम्दानी, नाफा कति?

Aug 07, 2025 07:54 AM Merolagani

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ रुपैयाँ ९ पैसा बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ रुपैयाँ ४२ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी, गत वर्ष बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको छ। नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी बढेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद नाफा २४०.९१ प्रतिशत बढेर ८ करोड ४९ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७३.७५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११२.३६ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन मुनाफा ७४.६१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३७.९४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट घटेर ५० लाख रुपैयाँमा झरेको छ।

६२ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २२ करोड २४ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ३७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७० गुणा रहेको छ। सो अवधिसम्ममा लघुवित्तले ४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।