Ipo.aspx merolagani - सम्भावित जोखिम बापतको व्यवस्था घटेपछि उपकार लघुवित्त नाफामा

सम्भावित जोखिम बापतको व्यवस्था घटेपछि उपकार लघुवित्त नाफामा

Aug 05, 2025 10:26 AM Merolagani

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड (ULBSL) ले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा नोक्सानीमा रहेको यस लघुवित्त, गत आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त ३ करोड ५१ लाख रुपैयाँ नोक्सानीमा थियो।

सम्भावित जोखिम बापतको व्यवस्थामा रकम घटेका कारण लघुवित्त नाफामा पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेको भने अन्य सञ्चालन आम्दानी १०५.४४ प्रतिशत र कुल सञ्चालन आम्दानी २२.८१ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६ करोड ३९ रुपैयाँ सम्भावित जोखम बापतको व्यवस्थामा छुट्याएको यस लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ८ लाख रुपैयाँ मात्र छुट्याएको छ। सोही कारण लघुवित्त नाफामा पुगेको हो।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ २६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १०५.०७ गुणा रहेका छ।

१० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यस्म्ममा लघुवित्तले ९२ करोड ३६ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ४० करोड २७ लाख रुपैयाँ सापटीबाट २ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।