Ipo.aspx merolagani - जीवन बीमाले गरे १ खर्ब ८१ अर्बको व्यापार, एक चौथाई हिस्सा नेपाल लाइफको

जीवन बीमाले गरे १ खर्ब ८१ अर्बको व्यापार, एक चौथाई हिस्सा नेपाल लाइफको

Aug 08, 2025 05:35 PM Merolagani

जीवन बीमा कम्पनीले गत आवमा १ खर्ब ८१ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणकाअनुसार, वर्षभरिमा १ खर्ब ८१ अर्ब ४३ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

कुल जीवन बीमा बजारको एक चौथाई हिस्सा अहिले पनि नेपाल लाइफकै पोल्टामा रहेको छ। नेपाल लाइफ एक्लैले मात्रै कुल संकलित बीमा शुल्कको २६ दशमलब ४८ प्रतिशत संकलन गरेकाे छ। नेपाल लाइफ एक्लैले मात्र ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेकाे छ।

नयाँ व्यवसाय विस्तारमा समेत नेपाल लाइफ अगाडि रहेको छ। कुल ४० अर्ब १७ करोड रुपैयाँको नयाँ जीवन बीमा व्यवसाय थपिएकोमा १० अर्ब ४९ करोड रुपैयाँ नेपाल लाइफ एक्लैले प्रथम बीमा शुल्क संकलन गरेको छ। नेपाल लाइफपछि दोस्रो स्थान लिन नेसनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको प्रतिस्पर्धा रहेको छ। नेसनल लाइफले कुल जीवन बीमा बजारको १२ दशमलब ३६ प्रतिशत हिस्सा ओगटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनले १० दशमलब ९८ प्रतिशत हिस्सा ओगेटेको छ।

हिमालयन लाइफले ९ दशमलब ७३ प्रतिशत, सूर्यज्योति लाइफले ६ दशमलब १७ प्रतिशत, एसियन लाइफले ५ दशमलब ६५ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ दशमलब ४३ प्रतिशत हिस्सा ओगेटको छ। सिटिजन लाइफल, सानिमा रिलायन्स इन्स्योरेन्स, मेट लाइफ, आईएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ रिलायवल नेपाल लाइफ र सन नेपाल लाइफले भने कुल बीमा शुल्क संकलनमा ५ प्रतिशतभन्दा कम हिस्सा मात्रै ओगटेको छ।

नयाँ व्यवसाय विस्तारमा समेत नेपाल लाइफपछि नेसनल लाइफ नै अगाडि देखिएकाे छ। नेसनल लाइफले गत आवमा ५ अर्ब ८४ करोड ९३ लाख रुपैयाँको नयाँ व्यवसाय विस्तार गरेकाे छ भने त्यसलाई पछ्याउँदै सूर्यज्योति लाइफले ३ अर्ब ६ करोड ९१ लाख रुपैयाँको नयाँ व्यवसाय थपेको छ। सूर्यज्योतिसँगै लाइफ इन्स्योरेन्स कर्पोरेसनले समेत ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँको नयाँ व्यवसाय थपेको तथ्यांक छ। हिमालयन लाइफ, सिटिजन लाइफ र एसियन लाइफले २ अर्ब रुपैयाँको हाराहारीमा मात्रै नयाँ व्यवसाय थपेकाे छ भने सानिमा रिलायन्स, आईएमई लाइफ, रिलायवल नेपाल, प्रभु महालक्ष्मी, मेट लाइफ, सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले भने १ अर्बदेखि २ अर्बको बीचमा कारोबार गरेका छन्।

वैदेशिक रोजगार बीमाबाट भने सबैभन्दा बढी एसियन लाइफले १ अर्ब ५ करोड ५४ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेकाे छ भने सबैभन्दा कम हिमालयन लाइफ इन्स्योरेन्सले १ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेकाे छ। लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेट लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले भने वैदेशिक रोजगार बीमा सम्बन्धी कुनै कारोबार गरेको छैन।

जीवन बीमाको पोलिसी नविकरण शुल्क संकलन गर्ने सवालमा पनि नेपाल लाइफ नै अगाडि देखिएको छ। नेपाल लाइफले गत वर्ष बीमा नवीकरण शुल्कबापत् नै ३७ अर्ब २९ करोड रुपैयाँ संकलन गरेकाे छ भने दोस्रो लाइफ इन्स्योरेन्स नेपाल र तेस्रोमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ। लाइफ इन्स्योरेन्स नेपालले १६ अर्ब ८८ करोड रुपैयाँ संकलन गरेकाे छ भने नेसनल लाइफले १६ अर्ब ३७ करोड रुपैयाँ नवीकरण बीमा शुल्क बापत् संकलन गरेका छन्। नवीकरण शुल्क सबैभन्दा कम उठाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ।

लघु बीमामा गार्डियन अगाडि

लघु बीमा प्रिमियम संकलनको सवालमा गत वर्ष गार्डियन माइक्रो लाइफ अगाडि देखिएको छ। कम्पनीले गत वर्ष ३१ करोड ९९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ। प्रिमियम लाइफले ३१ करोड २९ लाख र लिबर्टी माइक्रो लाइफले २१ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ।

सक्रिय बीमा लेखको आधारमा समेत गार्डियन अगाडि रहेको छ। गार्डिनको असार मसान्तसम्म ९ लाख ३९ हजार ८८९ वटा बीमा लेख सक्रिय रहेकोमा क्रेष्टको ३ लाख ९३ हजार ३ सय १३ र लिबर्टीको १ लाख ९५ हजार ३ सय ८ वटा मात्रै बीमा लेख सक्रिय रहेको देखिएको छ। नयाँ व्यवसायमा विस्तारमा समेत गार्डियन नै अगाडि छ। गार्डियनले गत वर्ष ३० करोड ८४ लाखको नयाँ व्यवसाय थपेको छ भने क्रेस्टले २८ करोड ४१ लाख र लिबर्टीले १७ करोड रुपैयाँको नयाँ व्यसाय थपेको छ।

वैदेशिक रोजगार बीमा सवालमा भने गार्डियन सबैभन्दा पुछारमा देखिएको छ। लिबर्टीले सबैन्दा बढी २ करोड ६७ लाख तथा क्रेस्टले १ करोड ९९ लाख रुपैयाँको वैदेशिक रोजगार बीमा शुल्क संकलन गरेका छन्।

नवीकरणीय बीमा शुल्क उठाउनमा समेत लिबर्टी अगाडि देखिएको छ। लिबर्टीले गत वर्ष १ करोड ३७ लाख रुपैयाँ नविरणीय बीमा शुल्क संकलन गर्दा क्रेस्टले ८९ करोड र गार्डियनले ७३ करोड रुपैयाँको नवीकरणीय बीमा शुल्क संकलन गरेका छन्।

 

comments powered by Disqus

कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।