Ipo.aspx merolagani - प्रतिरोध परीक्षणमा आइसिएफसि फाइनान्स, हेरौँ फाइनान्सको प्राविधिक तथा आधारभूत विश्लेषण

प्रतिरोध परीक्षणमा आइसिएफसि फाइनान्स, हेरौँ फाइनान्सको प्राविधिक तथा आधारभूत विश्लेषण

Aug 16, 2025 05:52 PM Merolagani

यस साता फाइनान्स उपसमूहको परिसूचक ३.२७ प्रतिशत घटेको छ। गत साता २५८६.४५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ८४.५४ अंक घटेर २५०१.९१ विन्दुमा झरेको छ।

सोही उपसमूहका कम्पनीहरुमध्ये एक कम्पनी हो, आइसिएफसि फाइनान्स लिमिटेड (ICFC)।

यस साता फाइनान्सको शेयरमूल्य १९ रुपैयाँ ४७ पैसा घटेको छ। गत साताको अन्तिम कारोबार दिन ६९२ रुपैयाँ २२ पैसा रहेको यस फाइनान्सको अन्तिम मूल्य, यस साता घटेर ६७२ रुपैयाँ ७५ पैसा कायम भएको छ।

 

प्रतिरोध परीक्षणमा

यस साता फाइनान्सको शेयरमूल्य प्रतिरोध परीक्षणमा रहेको छ। हाल फाइनान्सको प्रतिरोध क्षेत्र ६७० देखि ७०० सम्म रहेको छ। आगामी दिनमा फाइनान्सको शेयरमूल्य, सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा ७४५ देखि ७७५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो प्रतिरोध क्षेत्र तोडन नसकेर तल झरेमा भने ५९० देखि ६१० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा यस साता फाइनान्सको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ। त्यसैगरी, साताका चारै कारोबार दिन फाइनान्सको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। यसले यस साता फाइनान्सको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता फाइनान्सको दैनिक औषतमा ३४ हजार १०१ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन फाइनान्सको २० दिने औषत भोल्यूम ६२ हजार ५८६ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा यस साताको दैनिक औषत भोल्यूम ४५.५१ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

यस साता फाइनान्सको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। र यी दुई बीचको दूरी पनि फराकिलो हुँदै गएको छ। त्यस्तै, फाइनान्सको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले यस साता फाइनान्सको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

स्टकास्टिक आरएसआई अनुसार फाइनान्सको शेयरमूल्य अहिले न्यूट्रल जोनमा रहेको छ। यसले फाइनान्सको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा फाइनान्सले ३४ करोड ४९ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको अपरिष्कृत वित्तीय विवरणको तुलनामा १९०.७३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ११ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण फाइनान्सको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.७६ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी २९.०७ प्रतिशत र सञ्चालन मुनाफा ५९.४५ प्रतिशत बढेको छ। गत असार मसान्तसम्ममा फाइनान्सले ५ करोड ८० लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २४ करोड ५९ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ २८ पैसा रहेको छ।

१ अर्ब १८ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब २६ लाख ५८ हजार रुपैयाँ सञ्चित छ। फाइनान्सले गत आर्थिक वर्ष १९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १५ पैसा रहेको छ भने बुकभ्यालु १८४ रुपैयाँ ७२ पैसा रहेको छ। साताको अन्तिम मूल्य अनुसार फाइनान्सको मूल्य आम्दानी अनुपात २३.०८ गुणा र प्रतिशेयर बुकभ्यालु ३.६४ गुणा रहेको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा फाइनान्सको १ करोड १८ लाख ३४ हजार ७०९.६० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार फाइनान्सको अन्तिम मूल्य ६७२ रुपैयाँ ७५ पैसा कायम भएको थियो। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण ७ अर्ब ९६ करोड १८ लाख ८८३ रुपैयाँ ४० पैसा रहेको छ।

फाइनान्सको पछिल्लो १८० दिनको औषत मूल्य ६२८ रुपैयाँ ४१ पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च शेयरमूल्य ९१० रुपैयाँ रहेको छ भने न्यून मूल्य ५५५ रुपैयाँ रहेको छ।

ब्रोकर नम्बर ४९ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ४९ ले फाइनान्सको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता फाइनान्सको १२ हजार ३२८ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ४४ ले पनि १२ हजारभन्दा बढी कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ४३ ले भने सबैभन्दा बढी १५ हजार २१४ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा फाइनान्स अहिले न्यूट्रल जोनबाट फियर जोनमा झरेको छ। यसले लगानीकर्ताहरु फाइनान्सको शेयरमूल्य घट्छ भनेर डराउन थालेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus