Ipo.aspx merolagani - ४ म्युचुअल फण्डको इकाईमूल्य समायोजन

४ म्युचुअल फण्डको इकाईमूल्य समायोजन

Aug 25, 2025 08:43 AM Merolagani

भदौ ९ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ म्युचुअल फण्डको इकाईमूल्य समायोजन भएको छ। यस दिन कुमारी धनवृद्धि योजना (KDBY), कुमारी इक्विटी फण्ड, आरबिबि म्युचुअल फण्ड १ र २ को इकाईमूल्य समायोजन भएको हो।

नेप्सेले कुमारी धनवृद्धि योजनाको १०.५० प्रतिशत, कुमारी इक्विटी फण्ड (KEF) को ११.५० प्रतिशत, आरबिबि म्युचुअल फण्ड १ को २० प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ को १३ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ९ रुपैयाँ ५ पैसा कायम भएको छ भने कुमारी इक्विटी फण्डको ८ रुपैयाँ ९१ पैसा कायम भएको छ। त्यस्तै, आरबिबि म्युचुअल फण्ड १ (RMF1) को इकाईमूल्य ९ रुपैयाँ ३१ पैसा र आरबिबि म्युचुअल फण्ड २ को ८ रुपैयाँ ९४ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी म्युचुअल फण्डहरुको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा कुमारी धनवृद्धि योजनाको अन्तिम मूल्य १० रुपैयाँ १० पैसा, कुमारी इक्विटी फण्डको १० रुपैयाँ ६ पैसा, आरबिबि म्युचुअल फण्डको ११ रुपैयाँ ३१ पैसा र आरबिबि म्युचुअल फण्ड २ (RMF2) को १० रुपैयाँ २४ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी म्युचुअल फण्डहरुको कारोबार खुल्नेछ।

 
comments powered by Disqus