Ipo.aspx merolagani - नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर समायोजन

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर समायोजन

Aug 25, 2025 08:32 AM Merolagani

भदौ ९ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंक (NABBC) को हकप्रद शेयर समायोजन भएको छ। यस दिन बैंकको शतप्रतिशत हकप्रद शेयर समायोजन भएको हो।

हकप्रद शेयर निष्काशन प्रयाेजनार्थ बैंकले बुकक्लाेज गरेसँगै नेप्सेले शेयरमूल्य समायाेजन गरी नयाँ मूल्य निर्धारण गरेकाे हाे। समायोजनपश्चात बैंकको शेयरमूल्य ७१८ रुपेयाँ ३३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा बैंकको अन्तिम मूल्य १ हजार ३३६ रुपैयाँ ६५ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।

बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर निष्काशन गर्न साउन १५ गते बोर्डबाट अनुमति पाएको थियो। बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।