Sat, Aug 30, 2025
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्वचालित प्रणालीले भारित औसत मूल्यका आधारमा शेयर बजार परिसूचक गणना गर्ने गरेको स्पष्ट पारेको छ। नेप्से सूचकांक गणना सम्बन्धमा चाैतर्फी बिराेध भएपछि नेप्सेले विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो।
‘नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि ३ बजेसम्म प्रत्येक कारोबारको कारोबार मूल्यलाई सूचीकृत शेयर संख्याले गुणा गरी नेप्से सूचकांक गणना गरिन्छ’, नेप्सेद्धारा जारी विज्ञप्तिमा भनिएको छ। यस्ताे छ नेप्सेले जारी गरेकाे विज्ञप्ति
यस्ताे छ नेप्सेले जारी गरेकाे विज्ञप्ति
भदौ १२ गते, बिहीबार, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।