Ipo.aspx merolagani - माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM merolagani

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत लाभाँश  दिने छ ।

माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलाे बाणिज्य बैंक बनेकाे छ ।

 

 



 

comments powered by Disqus

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट

Aug 28, 2025 10:37 AM

भदौ १२ गते, बिहीबार, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।