Ipo.aspx merolagani - सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो

सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो

Sep 03, 2025 10:40 AM Merolagani

भदौ १८ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउदै बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएकाे हाे।

पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको आज पाँचाै दिन हो ।

पछिल्ला दिनहरूमा निरन्तर रेकर्ड बनाइरहेकाे चाँदीको मूल्य भने आज सामान्य घटेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी ताेलाकाे दुई हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको दुई हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च हो ।

comments powered by Disqus

निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।