Ipo.aspx merolagani - भारि वृद्धिसहित हालसम्मकै उच्च सुनको मूल्य, चाँदीमा पनि नयाँ रेकर्ड

भारि वृद्धिसहित हालसम्मकै उच्च सुनको मूल्य, चाँदीमा पनि नयाँ रेकर्ड

Sep 05, 2025 12:19 PM Merolagani

भदौ २० गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएर नयाँ रेकर्ड बनेकाे छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनेकाे हाे । यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला समय सुनको मूल्यले निरन्तरको रेकर्ड बनाउँदै बढ्दाे क्रममा रहेको छ ।

यस दिन चाँदी पनि तोलामा १० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा चाँदी तोलाको २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।