Ipo.aspx merolagani - १५ मिनेटको भारित औसतको आधारमा अन्तिम मूल्य कायम हुने विधि खारेजीपछि यी कम्पनीको मूल्य बढ्यो

१५ मिनेटको भारित औसतको आधारमा अन्तिम मूल्य कायम हुने विधि खारेजीपछि यी कम्पनीको मूल्य बढ्यो

Sep 29, 2025 05:08 AM Merolagani

लगानीकर्ताको तीव्र दबाबपछि नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई आधारमा अन्तिम मूल्य तोक्ने नियम परिवर्तन गर्यो । नेप्सेले सो नीति परिवर्तन गरेर पहिला जस्तै अन्तिम कारोबारमा कायम भएको मूल्यलाई नै अन्तिम मूल्य कायम गरेको छ ।

१५ मिनेटको औसत भारित मूल्य नीति परिवर्तनसँगै कारोबार समयको अन्तिम मिनेटमा न्वारानदेखिको बल लगाएर केही कम्पनीहरुको मूल्य बढाउने कसरत शुरु भएको छ । विशेषगरी वित्तीय रुपमा कमजोर र कम चुक्ता पुँजी भएका कम्पनीहरुलाई अपरेटरहरुले अन्तिम मिनेटमा मूल्य उचालेर माथिल्लो मूल्यमा राख्ने प्रयास गर्ने गर्दछन् । विगत एक हप्ताको अन्तिम मिनेटको कारोबार हेर्दा सिटी होटल, कालिका पावरलगायतका केही कम्पनीहरुमा विगतमा जस्तै अन्तिम समयमा मात्रै मूल्य बढाउने परिपाटीले निरन्तरता पाएको देख्न सकिन्छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य हट्नु अघि र हटेपछि बढेका १० कम्पनीहरुको सूची यहाँ प्रस्तुत गर्न खोजिएको छ।

अन्तिम मूल्यमा नितिगत परिवर्तन भएर अन्तिम कारोबारको मूल्य नै अन्तिम मूल्य भएपछि १० वटा कम्पनीको मूल्य ९ देखि अधिकतम ३१.५३ प्रतिशत सम्म बढेको देखिएको छ । सबैभन्दा धेरै बढेको हिमस्टार ऊर्जा कम्पनी लिमिटेड हालै नयाँ आइपीओ भएको भएर ३१ दशमलब ५३ प्रतिशतले बढेको देखिएको छ जुन कम्पनीको आइतबारदेखि मात्रै सप्लाई आएर केही मूल्य घटेर कारोबार हुन थालेको छ । माथिल्ला मैलुङ खोला जलविद्य्त, भिजन लुम्बिनी ऊर्जा कम्पनी, छ्याङदी हाइड्रोपावर, सप्ताकोशी डेभलपमेन्ट बैंक, कालिका पावर, गुराँस लघुवित्त, जोशी हाइड्रोपावर, युनियन हाइड्रोपावर र ग्रीनलाइफ हाइड्रोपिावरको शेयर ९ देखि १७ प्रतिशतसम्म बढेको छ ।

तथ्यांक अनुसार माथिल्लो मैलुङ खोला जलविद्युत भारित औसत मूल्य लागू हुँदा ५ सय ७६० रुपैयाँ ३६ पैसा रहेकोमा सो नियम खारेज भइसकेपछि भने १७ दशमलब ५२ प्रतिशतले बढेर ६ सय ७० रुपैयाँ ३० पैसा कायम भएको छ । त्यस्तै भिजन लुम्बनीको शेयर ५ सय ३० रुपैयाँ ७२ पैसाबाट ६ सय ५ रुपैयाँ पुगेकाे छ भने छ्याङदी हाइड्रोपावार २ सय ४१ रुपैयाँ १३.२३प्रतिशतले बढेर २ सय ७२ रुपैयाँ पुगेको छ ।

प्रायः अपरेटरहरुले न्यून चुक्ता पुँजीका हाइड्रोपावरसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुको शेयर मूल्य उचाल्ने गरेका छन् । विगतमा पनि विकास बैंक र फाइनान्स कम्पनीको शेयर मूल्य १ हजारभन्दा माथि पुर्याइएको थियो । सप्तकोशी डेभलपमेन्ट बकैंक ७ सय ६९ रुपैयाँ रहेकामा भारित औसत मूल्यको नियम हटेपछि कम्पनीको शेयरमूल्य १२ प्रतिशतले बढेर ८ सय ५२ रुपैयाँ पुगेको छ। कालिका पावर ५ सय ४६ रुपैयाँबाट बढेर ६ सय २ रुपैयाँ, गुराँस लघुवित्त २ हजार ३८ रुपैयाँबाट बढेर २२ सय ४३ रुपैयाँ, जोशी हाइड्रोपावर २ सय ८७ रुपैयाँबाट बढेर ३ सय १५ रुपैयाँ, युनियन हाइड्रोपावर ४ सय ५१ रुपैयाँबाट बढेर ४ सय ९५ रुपैयाँ र ग्रिनलाइफ हाइड्रोपावर २ सय ५३ रुपैयाँबाट बढेर २ सय ७६ रुपैयाँमा कारोबार भएको छ ।

सिक्लेस हाइड्रोपावर, सामुदायिक लघुवित्त,माछापुच्छ्रे बैंक,पञ्चकन्या माइ हाइड्रोपावर,उन्नति सहकार्य लघुवित्त,नेसनल लघुवित्त, समाज लघुवित्त, घोराही सिमेन्ट, लुम्बिनी विकास बैंक र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड लगायतका कम्पनीहरुको शेयर मूल्य भने १ देखि ८ प्रतिशतसम्म घटेको छ ।

 

comments powered by Disqus

दशैं अघि १८ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Sep 30, 2025 05:40 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।