Ipo.aspx merolagani - दशैकाे भाेलीपल्टदेखि हुने बर्षाका लागि मौसम विज्ञान विभागले गरायाे सचेत, कुन-कुन क्षेत्रमा छ जाेखिम ?

दशैकाे भाेलीपल्टदेखि हुने बर्षाका लागि मौसम विज्ञान विभागले गरायाे सचेत, कुन-कुन क्षेत्रमा छ जाेखिम ?

Oct 02, 2025 07:19 AM merolagani

जल तथा मौसम विज्ञान विभागले  दशैकाे भाेलीपल्टदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमश: सर्ने र त्यसको प्रभावले नेपालमा वर्षा गराउने छ ।

 असोज १७ गतेबाट असोज २० गतेसम्मकाे वर्षाले विशेषगरी वागमती प्रदेशका काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनमा बाढी, पहिरो र डुबानको जोखिम हुने जनाइएको छ ।

 यसैगरी कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लालाई पनि जोखिम सूचीमा राखिएको छ ।

यी जिल्लाहरुमा नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेकाले असोज १८ गतेदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन विभागले विशेष बुलेटिन जारी गरेर अनुरोध गरेको छ ।



comments powered by Disqus

सुन र चाँदीको मूल्यमा रेकर्ड ब्रेक, कति पुग्यो मूल्य ?

Sep 28, 2025 10:58 AM

असोज १२ गते, आईतबार,नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो ।