Sun, Oct 05, 2025
असोज १८ गतेको अविरल वर्षाका कारण निजिक्षेत्रका दुईवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले निजी क्षेत्रका दुइवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताएका छन् ।
उनका अनुसार, हालसम्म जानकारी प्राप्त भएअनुसार दुईवटा जलविद्युत् आयोजनामा क्षति पुगेको जानकारी प्राप्त भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।