Ipo.aspx merolagani - अवरोध नभएका ठाउँमा भोलिदेखि यातायात सुचारु गर्ने तयारी

अवरोध नभएका ठाउँमा भोलिदेखि यातायात सुचारु गर्ने तयारी

Oct 05, 2025 05:43 PM merolagani

यातायात व्यवसायीहरुले बाढी पहिरोका कारण अवरोध नभएका ठाउँमा भोलिदेखि यातायात सञ्चालन गर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार, काठमाडौंदेखि पश्चिम नेपालतर्फको सडकमार्गमा अवरोध नभएको र गृह मन्त्रालयले पनि यातायात सञ्चालन गर्न आग्रहसहित पत्राचार गरेकाले सोमबारदेखि यातायात सञ्चालन गर्ने जनाएको छ ।

महासंघका अध्यक्ष विजय स्वाँरले गृह मन्त्रालयको सुचना आएकाले भोलिबाट अवरोध नभएका ठाउँमा गाडी चलाउने बताए । ‘गृह मन्त्रालयको सुचना आएको छ । अवरोध नभएका ठाउँमा भोलिदेखि नै गाडी चल्छन् ।’ उनले भने ।

उनका अनुसार, काठमाडौंदेखि मुग्लिन, नारायणगढ, बुटवल र पोखरासम्म त्यति समस्या नभएकाले सोमबारदेखि यातायात सुचारु हुनेछ । सकभर गाडी सञ्चालन गर्दा पहाडी र पहिरोको जोखिम भएका स्थानहरु उज्यालोमै गाडी पास गराउने गरी यातायात सुचारु हुने उनले बताए ।

पूर्वी नेपालका विभिन्न जिल्लामा भने पहिरोका कारण राजमार्ग नै अवरुद्ध भएकाले तत्काल यातायात सञ्चालन गर्न नसकिने उनले बताए । हाललाई पश्चिम नेपालतर्फका राजमार्गमा यातायात सुचारु हुने उनको भनाइ छ ।

‘तत्काल पूर्वी नेपालतर्फ जाने राजमार्गहरु अवरुद्ध छन् । पहिरो हटाएर क्लियर गरेपछि यातायात सुचारु हुन्छ,’उनले भने,‘हाललाई काठमाडौंबाट पश्चिम नेपालतर्फको यातायात खुलाउँछौं ।’

 

comments powered by Disqus

दशैं अघि १८ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Sep 30, 2025 05:40 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।