Ipo.aspx merolagani - भारी वर्षाले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै माेदीले भने- नेपाललाई आवश्यक पर्ने कुनै पनि सहयोग गर्न तयार छौँ

भारी वर्षाले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै माेदीले भने- नेपाललाई आवश्यक पर्ने कुनै पनि सहयोग गर्न तयार छौँ

Oct 05, 2025 05:58 PM merolagani

भारी वर्षाका कारण जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अहिलेको कठिन अवस्थामा नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन् । उनले नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।

प्रधानमन्त्री मोदीले आज (आइतबार) सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै नेपालमा भारी वर्षाका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

"नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति दुःखदायी छ । यस कठिन समयमा हामी नेपाल र नेपाली जनताको सरकारसँग साथमा छौँ,"उनले भनेका छन् ।

उनले मैत्रीपूर्ण छिमेकीका रूपमा भारत आवश्यक पर्न सक्ने कुनै पनि सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

comments powered by Disqus

दशैं अघि १८ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Sep 30, 2025 05:40 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।