Ipo.aspx merolagani - दशैँ पछिको पहिलो कारोबार दिन उच्च अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

दशैँ पछिको पहिलो कारोबार दिन उच्च अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

Oct 07, 2025 03:14 PM Merolagani

दशैँ बिदा पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ। दशैँ अघिको अन्तिम कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक ५८.५५ अंक घटेर २६०४.९६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.८८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। दशैँ अघिको अन्तिम कारोबार दिन करिब ३ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३२६ स्टकको ५५ हजार ४५० पटकको कारोबारमा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सर्वाधिक मूल्य बढेका १० स्टकहरुमा अधिकांश ऋणपत्र रहेका छन्। जसमध्ये सेन्चुरी डिबेन्चर २०८८ को मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ भने ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य करिब साढे ७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ३१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे १९ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे १२ करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।