Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः १ अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेटः १ अंक घट्यो नेप्से

Oct 07, 2025 10:55 AM Merolagani

दशैँ बिदा पछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेर बन्द भएको छ।

दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात असोज १२ गते ११.५१ अंक बढेर २६६३.५१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०० अंक घटेर २६६२.५० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४३ स्टकको ९४ पटकको कारोबारमा ४५ लाख ७२ हजार ८४६ रुपैयाँ २० पैसाबराबरको १० हजार १५८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus