Ipo.aspx merolagani - नेप्सेमा लाग्यो पहिलो सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित

नेप्सेमा लाग्यो पहिलो सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित

Oct 09, 2025 11:04 AM Merolagani

असाेज २३ गते, बिहीबार, नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको छ।

बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ।

लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको मार्जिन प्रकृतिको कर्जाको सीमा केन्द्रिय बैंकले हटाएसँगै यस दिन बजारमा उत्साह देखिएको हो। केन्द्रिय बैंकले बुधबार सर्कुलर जारी गर्दै सो सीमा हटाएको हो।

अब शेयर कारोबार ११ बजेर २३ मिनेटमा पुनः खुल्ने। सोपश्चात थप एक प्रतिशत बढेमा दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित हुनेछ।

 
comments powered by Disqus