Ipo.aspx merolagani - हमासकाे कव्जामा रहेका बिपीन जाेशी जिवित नरहेकाे पुष्टि

हमासकाे कव्जामा रहेका बिपीन जाेशी जिवित नरहेकाे पुष्टि

Oct 13, 2025 11:37 AM merolagani

हमासकाे  कव्जामा  रहेका नेपाली बिद्यार्थी बिपीन जाेशी  जीवित नरहेकाे खबर बाहिरिएकाे छ । अक्टाेवर ७,२०२३ मा हमासले गरेकाे आक्रमण पछि बिपीन बेपत्ता थिए ।

हमासले आज छुट्ने २० जना जीवित बन्धकहरूको सूची सार्वजनिक गर्दा बिपीनकाे नाम परेकाे छैन् । नाम नपरेकाे आशंका भइरहेकाे बेला इजरायली अधिकारीहरूले बिपीन जीवित नरहेकाे जानकारी बिपीनका परिवारलाई दिएका छन् । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले याे बिषयकाे पुष्टि गरेका छन् ।

सोमबार बिहान हमासले इजरायललाई आज छुट्ने २० जना बन्धकको नामसहितकाे सूची दिएको थियाे। 

 

comments powered by Disqus