Ipo.aspx merolagani - गरिमा विकास बैंकको लाभांश घोषणा

गरिमा विकास बैंकको लाभांश घोषणा

Oct 14, 2025 10:20 AM Merolagani

गरिमा विकास बैंक लिमिटेड (GBBL) ले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने ४.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

असोज २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

comments powered by Disqus