Wed, Oct 29, 2025
विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी (RADHI) लाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। आयोगले कम्पनीलाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ पैसा रहेको छ।
नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।