Ipo.aspx merolagani - तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM Merolagani

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कार्तिक ३ गते सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो । तिहार विदापछि खुलेको बजारमा एकै पटक भारि गिरावट भएको हो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । आज आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत कार्तिक ३ गते सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

comments powered by Disqus

१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।