Ipo.aspx merolagani - सामान्य अंक बढ्यो नेप्से, कारोबार रकममा भने कमी

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकममा भने कमी

Oct 26, 2025 03:09 PM Merolagani

तिहार बिदा पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। तिहार बिदा अघि १६.६७ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक ५.१९ अंक बढेर २५०९.०४ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। तिहारअघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको २७ हजार ८९९ पटकको कारोबारमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँबराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने हिमालयन पावर पार्टनरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य यस दिन सर्वाधिक ७.१६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन भगवती हाइड्रोपावरको शेयरमूल्य ७.३१ प्रतिशत घटेको छ भने एशियन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ४९ लाख ६१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को कारोबार रकम साढे २३ करोड रुपैयाँ नाघेको छ भने यूनियन हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।

comments powered by Disqus

यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।