Ipo.aspx merolagani - सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट

Nov 05, 2025 11:03 AM Merolagani

कात्तिक १९ गते, बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्यमा निरन्तर गिरावट भइरहेको छ ।

त्यस्तै, यस दिन चाँदी तोलामा २५ रुपैयाँ घटेको छ । आज बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus