Ipo.aspx merolagani - यस साता घट्यो सुन र चाँदीको मूल्य, कारण यस्तो

यस साता घट्यो सुन र चाँदीको मूल्य, कारण यस्तो

Nov 08, 2025 06:42 AM Merolagani

यस साता नेपाल बजारमा सुनचाँदको मूल्य घटेको छ। साताको पहिलो दिन आइतबार तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन, उतारचढाव हुँदै शुक्रबारसम्म आइपुग्दा तोलाको २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भयो।

यो मूल्य साताको पहिलो दिनको तुलनामा प्रतितोला १ हजार ३०० रुपैयाँ कम हो।

त्यस्तै यो साता नेपाली बजारमा चाँदीको मूल्य प्रतितोलमा २५ रुपैयाँ घटेको छ। आइतबार तोलाको ३ हजार ५५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य शुक्रबार ३ हजार २० रुपैयाँ कायम भयो। आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेको हो।

पछिल्ला दिनहरुमा भूराजनीतक तनाबमा कमी आउनु, अमेरिकी डलरमा आएको सुधार लगायतका कारणले सुनको भाउमा केही कमी आएको विश्लेषकहरुले बताएका छन्। नेपाली बजारमा पनि यसैको प्रभाव परेको उनीहरुको भनाइ छ।

comments powered by Disqus