Fri, Nov 28, 2025
कात्तिक २० गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा दरमखोला हाइड्रो इनर्जी लिमिटेड (DHEL) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ४०२ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।
कम्पनीको १ करोड ३ लाख ५ हजार कित्ता शेयर हिजो अर्थात कात्तिक १९ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६३ लाख ५५ हजार कित्ता गरी कुल १ करोड ३ लाख ५ हजार कित्ता शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १४२ रुपैयाँ ८१ पैसादेखि ४२८ रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीलाई डिएचईएल स्टक टिकर दिएको छ।
कम्पनीको १ करोड ३ लाख ५ हजार कित्ता शेयर हिजो अर्थात कात्तिक १९ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६३ लाख ५५ हजार कित्ता गरी कुल १ करोड ३ लाख ५ हजार कित्ता शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १४२ रुपैयाँ ८१ पैसादेखि ४२८ रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीलाई डिएचईएल स्टक टिकर दिएको छ।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।