Ipo.aspx merolagani - स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो माबिलुङ्ग इनर्जीको पहिलो कारोबार

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो माबिलुङ्ग इनर्जीको पहिलो कारोबार

Nov 04, 2025 10:49 AM Merolagani

कात्तिक १८ गते, मंगलबार, स्पेशल प्रि ओपन सेसनमा माबिलुङ्ग इनर्जी लिमिटेड (MABEL) को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ३१७ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर हिजो अर्थात कात्तिक १७ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा उच्च मूल्यमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीलाई एमएबीईएल स्टक टिकर दिएको छ।

comments powered by Disqus

अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।