Ipo.aspx merolagani - स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सागर डिष्टिलरीको पहिलो कारोबार?

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सागर डिष्टिलरीको पहिलो कारोबार?

Nov 09, 2025 10:46 AM Merolagani

कात्तिक २३ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा सागर डिष्टिलरी लिमिटेड (SAGAR) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३१९ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५८ लाख ८ हजार कित्ता शेयर गरी कुल ७२ लाख ६० हजार कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब सो कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एसएजीएआर स्टक टिकर प्रदान गरेको छ।

comments powered by Disqus