Ipo.aspx merolagani - सुन र चाँदी दुवैको मूल्य बढ्यो

सुन र चाँदी दुवैको मूल्य बढ्यो

Nov 06, 2025 10:59 AM Merolagani

कात्तिक २० गते, बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदी तोलामा २० रुपैयाँ बढेको छ । आज बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus