Ipo.aspx merolagani - सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि

सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि

Jan 05, 2026 10:49 AM Merolagani

पुस २१ गते, सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला ४ हजार ६०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

comments powered by Disqus

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।