Ipo.aspx merolagani - गत साता करिब साढे १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

गत साता करिब साढे १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jan 04, 2026 06:45 AM Merolagani

गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २५८५.८७ विन्दुमा बन्द भएको नेप्से, गत साता १.३६ प्रतिशत अर्थात ३५.०५ अंक बढेर २६२०.९२ विन्दुमा पुगेको छ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो।

प्रतिरोध क्षेत्रभन्दा नजिक

गत साता नेप्से परिसूचक बढेर प्रतिरोध क्षेत्र नजिक पुगेको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २६४५ देखि २६९० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले ओरालो लागेमा २४४० देखि २४९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा गत साता नेप्सेले लामो टुप्पी भएको बुलिश मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा बिक्रीकर्ताको तुलनामा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले रातो मैनबत्ती बनाएको छ जसले सो दिन बजारमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ३ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब २४ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १८.६३ प्रतिशत बढी हो।

बुलिश क्रशओभर

गत साता एमएसिडीमा नेप्सेले बुलिश क्रशओभर बनाएको छ। एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा नेप्से परिसूचक बढ्ने संकेत गर्दछ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा पुगेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।