Ipo.aspx merolagani - सुन र चाँदीको मूल्यमा निरन्तर उच्च वृद्धि

सुन र चाँदीको मूल्यमा निरन्तर उच्च वृद्धि

Jan 06, 2026 10:48 AM Merolagani

पुस २२ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला ३ हजार १०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले बढेको हो ।

पछिल्ला दुई दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तरको उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

comments powered by Disqus

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।